नेपाल वायुसेवा निगमका सात कर्मचारीमा कोरोना संक्रमण भेटिएको छ। उद्धार उडानमा खटिएका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निगमले जनाएको छ।
निगमकी प्रवक्ता अर्चना खड्काले नेपालखबरसँग भनिन्, ‘अहिलेसम्म सात जना कर्मचारीमा कोरोना भएको पुष्टि भएको छ।’
यसबारे विस्तृत जानकारी केही बेरमा गराउने उनले बताइन्।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका कर्मचारीमा कोरोना भेटिएकोमा दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका ( NAC) चालक दलका केहि सदस्यमा Corona Possitive देखिएकोमा दु:ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 6, 2020Shares
प्रतिक्रिया