ad ad

कारोबार


लगातार दुई ठूला दुर्घटनामा परेर विवादित बनेको बोइङ ७३७ म्याक्सको उडान परीक्षण सुरु

लगातार दुई ठूला दुर्घटनामा परेर विवादित बनेको बोइङ ७३७ म्याक्सको उडान परीक्षण सुरु

नेपालखबर
असार १६, २०७७ मंगलबार ८:५६,

एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो।

एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ।

संघीय प्रशासन र बोइङ कम्पनीबीच बिमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो।

अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो। तर यी उडानको सफलतापछि पनि तत्कालै बिमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन। अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ।

एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ।

बोइङको ७३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन्।

एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए।

अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण बिमान दुर्घटना हुने गरेको अनुमान गरेका छन्।

बोइङ दुर्घटनाका श्रृंखला

१. इन्डोनेसियाको लाएन एयरलाइन्स दुर्घटनाः सन् २०१८ को अक्टोबर २९ मा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो।

२. इथियोपियाको इथियोपियन एयरलाइन्स दुर्घटनाः सन् २०१९ मार्च १० मा भएको दुर्घटनामा विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .