बुधबार बिहान हिमालय एयरलाइन्स र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छन्। हिमालय एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन चीन गएको हो भने श्रीको जहाजले यात्रु बोकेर भारत उडान गरेको हो।
लकडाउनपछि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध भए पनि परराष्ट्र मन्त्रालयमार्फत विशेष अनुमति लिएर हवाइ कम्पनीले उडान भरिरहेका छन्।
‘हिमालयन एयरको जहाज बिहान ८ बजे चीनको चाङ्सा स्वास्थ्य सामग्री लिन गएको छ’, नेपाल नागरिक प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राज कुमार क्षेत्रीले भने, ‘श्री एयरलाइन्सको जहाजले १५ जना यात्रु लगेर दिल्ली उडान गरेको छ।’
हिमालय एयरलाइन्सको जहाज साँझ स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुग्ने उनले बताए।
बिहीबार कुवेतमा रहेका नेपाली लिएर २ जहाज आउन लागेको उनले बताए।
प्रतिक्रिया