अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा विस्तार गर्दैमा राजस्व नबढ्ने महशुस भएको बताएका छन्। उनले आज संसदमा बोल्दै आर्थिक वृद्धि उचाइमा नपुगेसम्म दायरामात्रै बढाएर राजस्व नबढ्ने बताएका हुन्।
अर्थतन्त्र नै वृद्धि हुन आवश्यक रहेको उनले बताएका हुन्। संसदमा उठेका जवाफ दिँदै नेपालको अर्थतन्त्र कमजोर नरहेको बताएका हुन्। अर्थ मन्त्रालयले देखाएको विवरण हेरेर चित्त नबझे अन्तर्राष्ट्रिय निकायहरुको तयार परेको विवरण हेर्न सांसदहरुलाई सुझाए।
एडीबी, विश्व बैंकलगायतले सार्वजनिक गरेको विवरणले पनि नेपालको अर्थतन्त्र सकरात्मक नै रहेको बताइरहेको उनले जानकारी गराए।
नेपालको विकास खर्च कम हुने गरेको कुरालाई चाहिँ उनले स्वीकार गरेका छन्। उनले भने, ‘कोरोनाअघि अर्थात् फागुनसम्म पनि हामीले जति विकास खर्च गर्न सक्ने हो, त्यो पनि गर्न सकेनौ। त्यो कुरो म स्वीकार गर्छु।’
तर त्यसयताको परिस्थितिको भने म एकदमै जिम्मेवार हुन नसक्ने उनले बताए।
प्रतिक्रिया