ad ad

कारोबार


सिटी एक्सप्रेस र बेलायतको गाभापे बिच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस र बेलायतको गाभापे बिच रेमिटान्स कारोबार सुरु

नेपालखबर
जेठ १८, २०७७ आइतबार ९:३८,

संयुक्त अधिराज्य बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ‘गाभापे’ लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ।

संयुक्त अधिराज्य मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गाभापेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५ सय भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गाभापे लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी आर्खन नसिबोभले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका सात हजार पाँच सय भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .