ad ad

कारोबार


पाम आयलपछि भारतले नेपालको चिया आयात पनि रोक्यो

पाम आयलपछि भारतले नेपालको चिया आयात पनि रोक्यो

दीपक भट्ट
जेठ ११, २०७७ आइतबार १०:३८,

पछिल्लो समय नेपालको पाम आयलको आयात रोकेको भारतले चिया आयात पनि रोकेको छ। नेपाल र भारतबीच सीमा विवाद सुरु भएसँगै केही दिनयता चिया आयात रोकेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारतको पछिल्लो कदमपछि मन्त्रालयले भारतलाई नरोक्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउनलागेको छ।

मलेसियासँगको विवादपछि भारतले त्यहाँबाट पाम आयात रोक्न कदम चालेको थियो। तर नेपालबाट पनि रोकिएपछि पछि पुनः नेपाललाई खुल्ला गरेको थियो। गत वैशाख तेस्रो हप्ताबाट पाम आयल आयातमा भारतको वैदेशिक व्यापार महानिर्देशनालयले पुनः कडाइ गरेको थियो।

भारतमा खपत हुने पाम आयलमा नेपालबाट २ प्रतिशतबराबरको निर्यात हुँदै आएको छ। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालले सन् २०१९ मा ६३ करोड रुपैयाँको चिया भारत निर्यात गरेको थियो। नेपालले भारतमा चार प्रकारका चिया निर्यात गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .