ad ad

कारोबार


आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने, यस्तो छ तरिका

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने, यस्तो छ तरिका

नेपालखबर
जेठ १०, २०७७ शनिबार ५:४८,

कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै बन्द रहेका कोषका सेवामध्ये कर्मचारी सञ्चय कोषले हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ।

कोभिड-१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिएकामा आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ।

‘लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप अनलाइन विशेष सापटी सेवा सुरु गरिएको हो’ विज्ञप्तीमा भनिएको छ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन्। त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गई प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ।

कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ। कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ। लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्फत सुरक्षित रूपमा कोषका अन्य सेवा प्रवाह हुने गरी तयारी गरिएको कोषले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .