ad ad

कारोबार


राजस्व संकलन लक्ष्यको ३ खर्ब कम हुने आँकलन, सबै शीर्षकको अवस्था कमजोर

राजस्व संकलन लक्ष्यको ३ खर्ब कम हुने आँकलन, सबै शीर्षकको अवस्था कमजोर

दीपक भट्ट
जेठ ७, २०७७ बुधबार १२:३३,

चालू आर्थिक वर्षको राजस्व संकलन लक्ष्यको ३ खर्बभन्दा धेरैले कम हुने आँकलन गरिएको छ।

आर्थिक वर्ष समाप्त हुन २ महिनामात्रै बाँकी हुँदा चालू आवको वैशाख मसान्तसम्ममा ६ खर्ब ३९ करोड रुपैयाँ मात्रै संकलन भएको हो।

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर अहिलेकै अवस्थालाई हेर्ने हो भने असार मसान्तसम्ममा ८ खर्ब रुपैयाँ हाराहारीमा मात्रै संकलन हुने अर्थ मन्त्रालयले आँकलन गरेको छ। मन्त्रालय अहिले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ।

चालू आर्थिक वर्षको सुरुमा अन्तःशुल्कमार्फतको राजस्व घटेपछि आँकलन गरेअनुसार राजस्व संकलन हुनसकेको छैन। विशेष गरी मदिरा उत्पादनको लागि लाग्ने कच्चा पदार्थको भन्सार र वृद्धि गर्दा नेपालमा केही मदिरा उद्योगहरु बन्द नै भएका थिए। पछि सरकारले आर्थिक ऐन परिर्वन गरेर अन्तःशुल्क सुधार गरेको थियो।

त्यसपछि लगत्तै कोरोनाको कहर सुरु भयो। यसले अर्थतन्त्रमा प्रभाव पार्दा राजस्व संकलन निकै कमजोर बनेको हो। माघ १४ गतेदेखि चीनतर्फको नाका बन्द भएपछि नेपाली अर्थतन्त्रमा कोरोनाको प्रत्यक्ष प्रभाव पर्न थालेको हो।

त्यसपछि चैत ११ गतेदेखि सुरु भएको लकडाउनले भने अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको छ।

वैशाखसम्म आउँदा लक्ष्य र राजस्व संकलनको अन्तर दई अर्बभन्दा बढी पुगिसकेको छ। वैशाख अन्तसम्ममा सरकारले ८ अर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखे पनि ६ अर्ब ३९ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ।

अर्थ मन्त्रालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार सबै शीर्षकका राजस्व कमजोर बनेका छन्।

भन्सारतर्फ सरकारले वैशाख अन्त्यसम्म १ खर्ब ७६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब १३ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।

त्यस्तै, मूल्य अभिवृद्धिकर (भ्याट) मार्फत २ खर्ब ५१ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब ७९ अर्ब रुपैयाँ, अन्तःशुल्कमार्फत १ खर्ब ३८ अर्बको लक्ष्यमा ८ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।

शिक्षा सेवा शुल्कमार्फत १ अर्ब रुपैयाँको लक्ष्यमा ५२ करोड, आयकरको २ खर्ब १३ अर्बको लक्ष्यमा १ खर्ब ३९ अर्ब र अन्य कर २ अर्बको लक्ष्यमा १ अर्ब संकलन भएको छ। तर गैरकर भने केही सुधार भएको मन्त्रालयको तथयाङ्कले देखाएको छ। गैरकर ७६ अर्बको लक्ष्य दिएकोमा ८७ अर्ब रुपैयाँ संकलन भएको हो।

वैशाख महिनाको मात्रै राजस्व संकलन हेर्न हो भने निकै कमजोर भएको तथ्याङ्कले देखाएको छ। वैशाख महिनामा ८५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १६ अर्ब २३ करोड रुपैंया मात्रै संकलन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .