ad ad

कारोबार


खाद्य कम्पनीले अनलाइन मार्फत खाद्यान्न डेलिभरी गर्ने

खाद्य कम्पनीले अनलाइन मार्फत खाद्यान्न डेलिभरी गर्ने

नेपालखबर
चैत २६, २०७६ बुधबार १३:२९,

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि अनलाइन कारोबार सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा काठमाडौंबाट आफ्नो अनलाइन सेवा बिस्तार गरेको हो।

कम्पनीले डब्लूडब्लू डटकम नेपालफूड डट जिओभी डट एनपीबाट सो सेवा दिन थालेको जानकारी गराएको छ। उद्योग वणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालका अनुसार यो सरकारी कम्पनीले अनलाइनबाट खाद्यान्नको डेलिभरी चक्रपथ भित्र दिने गरि आफ्नो सेवा सुरु गरेको हो।

कम्पनीकाअनुसार हाल खाद्यान्न अर्डर गरेको २ दिनभित्र ग्राहकलाई डेलिभरी गर्नेछ। ग्राहकले न्यूनतम २ हजार रुपैयाँको अर्डर गर्नुपर्ने छ।

कम्पनीले अनलाइनमार्फत विभिन्न ब्राण्डका चामलहरु, कर्णालीको सिमी, फापर वितरण गर्नेछ। यी सामान खरिद गर्दा १० प्रतिशत छुटसमेत पाउने सचिव अर्यालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .