एनआईसी एसिया बैंकले ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउनेहरुलाई ५ लाख बराबरको खाद्यान्न वितरण गरेको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन उक्त खाद्यान्न वितरण गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरिएको हो।
उक्त सामग्री आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलज्यूलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।
बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ। बैंकले आफ्ना ग्राहकलाई समेत असहज नहोस् भनेर ग्राहक सहायता केन्द्र स्थापना गरी बैंकिंग सेवा सुविधा प्रदान गरिरहेको समेत उल्लेख गरेको छ।
प्रतिक्रिया