ad ad

कारोबार


डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर : यी हुन् मुख्य कारण

डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर : यी हुन् मुख्य कारण

दीपक भट्ट
चैत १२, २०७६ बुधबार ७:३०,

नेपाली मुद्रा अमेरिकी डलरभन्दा इतिहासमै कमजोर बनेको छ। एक डलर बराबर नेपाली रुपैयाँको बिक्री तथा तथा खरिद दर १ सय २१ रुपैयाँभन्दा माथि गइसकेको छ।

आजको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको छ।

नेपालको मुद्रा कमजोर बन्नुमा भने धेरै कारणहरु जोडिएको अर्थविद् केशव आचार्य बताउँछन्। उनले नेपालखबरसँग भने, ‘नेपालको मुद्रा भारतीय मुद्रामा आधारित रहेर गणना हुने भएकोले भारतीय अर्थतन्त्र तथा भारतीय मुद्रामा मानिसहरुको विश्व घुम्नु नै पहिलो कारण हो।’

त्यस्तै भारतीय मुद्रा कमजोर हुनुमा भारतको सेयर बजार प्रमुख कारण रहेको उनको टिप्पणाी छ। भारतीय सेयर मार्केटमा इतिहासमा नै कम कारोबार भइरहेको छ। त्यो भनेको भारतीय मुद्राको परिचालनमा नै कमी हुनु हो।

बजारमा भारतीय मुद्राको माग एकदमै कम भएको छ। भारतीय व्यापारीहरुले पनि आन्तरिकभन्दा बाह्य रुपमा कारोबार बढी गर्न थालेका छन्। सोही कारण भारतमा नै भारुभन्दा अमेरिकी डलरको माग बढिरहेको छ।

अर्को कारण भने विश्व महामारी कोरोना भाइरसको प्रभाव हो। चीनबाट सुरु भएको कोरोना भाइरसको कारण पहिलो प्रभाव पनि चीनमा नै परेको छ। चीनमा परेको प्रभावले चिनियाँ अर्थतन्त्र कमजोर बन्दा चिनियाँ मुद्रा पनि अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ।

त्यस्तै तेलको बजार माग र त्यसको आपूर्तिसँग पनि डलरको मूल्यवृद्धि जोडिएको आचार्य बताउँछन्। विशेषगरी साउदी अरेबिया र रुसको विवादको कारण युरो मुद्रामा तेल खपतमा कमी आइरहेको छ। साउदीबाट दिनुपर्ने तेल रुसले नलिएर अन्य विकल्पहरु अपनाइरहेको छ। जसको कारणले तेलको मूल्यमा पनि भारी गिरावट आइरहेको छ। यसले खाडी मुलुक मात्रै नभई युरोको पनि परिचालन हुन सकिरहेको छैन। सोही कारण चौतर्फी रुपमा अमेरिकन डलरको मात्रै माग बढिरहेको छ।

आचार्यका अनुसार पछिल्लो समय अमेरिकी डलरको मूल्य ह्वात्तै बढ्नुमा चिनियाँ मुद्रा, युरो, भारतीय मुद्राको माग कम हुुनु हो।

बढ्दो सुनको मूल्य
नेपालमा सुनको मूल्य पनि निकै बढेको छ। गत हप्ता ८० हजार प्रतितोला पुगेको सुनको मूल्य अहिले भने करिब २ हजारले कमी आएको छ। यो मूल्य भनेको इतिहासको नै अधिक हो।

सुनको मूल्य बढ्नुको कारण पनि अन्य बजार कमजोर हुनु नै रहेको अर्थविद आचार्यको भनाइ छ।

उनका अनुसार सेयरबजारमा लगानी गर्ने पैसा, बैंक निक्षेप राख्ने पैसाजति सबै सुनमा गएको छ। सेयरबजार कमजोर हुनु, बैंकको ब्याजदरमा कमी आउनु लगायतका कारण विदेशी लगानीकर्ताहरु सुनमा आकर्षित हुनपुगेका छन्। यसले सुनको माग बढ्यो।

माग बढेपछि मूल्य बढ्नु स्वाभाविक मानिन्छ। विश्व बजार नै प्रभावित हुँदा नेपाली बजारमा सुनको मूल्य आकाशिएको आचार्यको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .