ad ad

कारोबार


टीकापुरमा विमानस्थल सम्भाव्यता अध्ययन शुरु

टीकापुरमा विमानस्थल सम्भाव्यता अध्ययन शुरु

नेपालखबर
चैत ३, २०७६ सोमबार १०:७,

कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरु गरेको छ। प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलकोे स्थलगत अध्ययन गरेको छ।

प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताए। ‘अब प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ’, श्रेष्ठले भने, ‘त्यसअघि स्थानीय सर्वपक्षीय सहमति आवश्यक रहेको छ।’

टीकापुरमा विमानस्थल निर्माणको काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डानुसार हुने छ। आइकाओको मापदण्डानुसार एक हजार ८०० मिटरभन्दा लामा हवाई मैदानको चौडाइ पनि ३२० मिटर हुनुपर्नेछ तर टीकापुरमा रहेको विमानस्थलको क्षेत्रफल एक हजार दुई सय मात्र भएका कारण हवाई उडान गर्न कठिनाइ हुने भन्दै विमानस्थलको जग्गा गौचरनमा परिणत भएको छ।

टीकापुरमा स्थानीय सरकार, टीकापुर उद्योग वाणिज्य संघलगायतले टीकापुर विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गत महिना सम्पन्न टीकापुर महोत्सवमा प्रमुख अतिथि बनाएर एक विमानस्थल बनाउन एकसूत्रीय माग राखेको थियो। मन्त्री भट्टराईले टीकापुरका जनताले जमीन उपलब्ध गराए सरकारले विमानस्थल बनाउने आश्वासन दिएका थिए।

हालको टीकापुर विमानस्थल रहेको जमीनको क्षेत्रफल कम भएका कारण देखाउँदै उडान भर्न नसकेको अवस्थामा टीकापुर नगरपालिकाले खेलकूदका लागि छुट्याएको जमीनलाई विमानस्थल र विमानस्थलकोे जमीनलाई खेलकूद मैदान बनाउने सर्वपक्षीय बैठकबाट पारित भइसकेको छ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले खेलकूदको जमीन विमानस्थलका लागि पर्याप्त हुन्छ भन्दै आफूहरु विमानस्थल सञ्चालनका लागि लागिपरेको बताए। उनले विगतमा सुकुम्वासीले कब्जा गरेर बसेको विमानस्थल खाली गराउन सफल भए पनि धावन मार्ग कम भएका कारण हवाई उडान गर्न नसकिएको बताउँदै प्राधिकरणको टोलीले हालको खेलकूदको जग्गा विमानस्थल सञ्चालनका लागि उत्तम रहेको जिकिर गरे। टीकापुरमा विमानस्थल सञ्चालन भए कैलालीको पूर्वी भाग र बर्दिया जिल्लाका बासिन्दालाई सहज हुने देखिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .