ad ad

कारोबार


कृषिमन्त्री भुसालले गरे प्रदेश सरकारसँग पाँच समझदारी

कृषिमन्त्री भुसालले गरे प्रदेश सरकारसँग पाँच समझदारी

नेपालखबर
फागुन २६, २०७६ सोमबार १२:४०,

कृषि तथा पशुपंक्षी विकास मन्त्री धनश्याम भुसालले प्रदेश सरकारसँग ५ समझदारी गरेका छन्। दुई दिनसम्म भएको छलफल पछि प्रदेश सरकारसँग प्रि बजेट बैठक गरी संघ प्रदेश समन्वय गरेर अघि बढ्ने गरी समझदारी गरेका हुन्।

त्यस अघि मन्त्री भुसालले प्रदेशका कृषिमन्त्री तथा सचिवहरुसँग छलफल गरेका थिए। सो समझदारीमा कृषि विकासका लागि संघीय र प्रादेशिक मन्त्रालयबीच योजना, कार्यक्रम र बजेट निर्माण समन्वयात्मक ढंगले गरिने भनिएको छ।

त्यस्तै, कृषिका सेवा सुविधा र स्रोतमा एकरुपमता कायम गरिने, कृषि नीति, योजना कार्यान्वयनका लागि आवश्यक समन्वय संयन्त्र बनाइने र आगामी दिनमा स्थानीय तहसँग समेत समन्वय हुने गरी बैठक बस्ने समझदारी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .