ad ad

कारोबार


अस्ट्रेलियन डलरको मूल्य बढ्यो

अमेरिकी डलर, पाउन्ड र दिनार भने सस्तिए
अस्ट्रेलियन डलरको मूल्य बढ्यो

नेपालखबर
असोज १०, २०८१ बिहिबार ५:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, पाउन्ड, दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने युरो, अस्ट्रेलियन डलरसहितका कतिपय मुद्रा महँगिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १९ पैसा थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा  थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २१ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६३ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६७ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९९ पैसा थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .