ad ad

कारोबार


आईएफसीका इमादसँग चन्द्र ढकालले भने– नेपालमा आर्थिक सुधार हुँदै छ

आईएफसीका इमादसँग चन्द्र ढकालले भने– नेपालमा आर्थिक सुधार हुँदै छ

नेपालखबर
भदौ २४, २०८१ सोमबार १५:४६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन्। 

ढकालले सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन्। 

भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए। ढकालले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेरआर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताए। 

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे। 

उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए। ढकालले उक्त प्रतिवेदन व्यावसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण साबित भएको जानकारी दिए।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा ईएसजी (वातावरण, समाज र सुशासन) कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए। ढकालले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र मकहासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरे।

भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए। फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .