ad ad

कारोबार


सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रस्ताव

सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रस्ताव

नेपालखबर
भदौ २४, २०८१ सोमबार १३:१६, काठमाडौँ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आव २०७९/८० को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर लगानीकर्तालाई दिने गरी प्रस्ताव साधारण सभामा लैजाँदै छ। 

कम्पनीले असोज २३ गते साधारणसभा आह्वान गर्दै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजान लागेको हो। 

यसअघिको आवमा कम्पनीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।

कम्पनीले उक्त निर्णय १७औँ साधारणसभाबाट पुनरवलोकन गरी बोनस सेयर वितरणपछि कायम हुन आउने चुक्ता पुँजीको ७ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .