ad ad

कारोबार


दुई तोलाभन्दा बढी सुन बैंकमा राखे ब्याज पाइने

दुई तोलाभन्दा बढी सुन बैंकमा राखे ब्याज पाइने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १२:३८,

दुई तोला भन्दा बढी रकम बैंकमा निक्षेत्रपको रुपमा राखेमा ब्याज पाइने भएको छ। चालू आर्थिक वर्षको मैद्रिक नीतिमा भएको उक्त व्यवस्था कार्यन्वयनको लागि आज नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको छ। वाणिज्य बैंकहरुलाई जारी गरेकाे परिपत्रमा राष्ट्र बैंकले २ तोला हाराहारी (२५ ग्राम) भन्दा माथिको ९९५ फिटनेस गुणस्तरको सुन निक्षेपको रुपमा स्वीकार गर्न भनेको छ।

परिपत्रमा भनिएको छ, ‘निक्षेपको रुपमा सुन स्वीकार गर्दा सो सुनको शुद्धता र तौल एकीन गरी निक्षेपकर्तालाई प्रमाणपत्र दिनुर्पे छ।’

त्यसरी प्रमाणपत्र दिँदा सुनको सावा परिणाम, शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेपको सावा र ब्याज फिर्ता सुनमा लिने कि नगदमा भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था समेत गर्न भनिएको छ।

त्यस्तै, आफूले जम्मा गरेको सुनको सावा र ब्याज सुनमै लिने हो कि नगदमा लिने भन्नेबारे समेत निक्षेपकर्ताले छान्न पाउने छन्।

तर यो निक्षेप कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्ष हुनसक्ने व्यवस्था गरिएको छ। ब्याजदर भने बैंकहरु आफैंले निर्धारण गर्न सक्ने राष्ट्र बैंकले बताएको छ। ब्याजको भुक्तानी भने त्रैमासिक गणनाको आधारमै गर्नुपर्ने छ।

कार्यन्वयनमा समस्या हुनसक्ने
सुनको शुद्धता नाप्ने यन्त्र राष्ट्र बैंकमा पनि छैन। हाल कुनै बैंकले पनि यो यन्त्र राखेका छैनन्। जसको कारण तत्काल प्रयोगमा ल्याउन भने समस्या हुनसक्ने देखिएको छ। राष्ट्र बैंकले भने बैंकहरुलाई एक हप्ता भित्र निक्षेपको कार्यविधि तयार गरि निक्षेप स्विकार गर्न भनेको छ। सर्वसारणले भने सुनखाता छुट्टै खोल्नु पर्ने राष्ट्र बैंकको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .