नेपालको १६ सय ६१ वटा वडामा कुनै पनि प्रकारका सवारीसाधन प्रयोग नहुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतका विभिन्न नतिजा सार्वजनिक गर्दै २४ प्रतिशत वडाहरुमा सवारीसाधन प्रयोग नहुने गरेको उल्लेख गरेको हो।
कार्यालयले गरेको वडास्तरीय सर्वेक्षणअनुसार देशभरका ५ हजार २ सय ९४ वटामध्ये ७२.१ प्रतिशत अर्थात् ४ हजार ६ सय ६४ वटा वडामा सवारी सधान प्रयोग गरिन्छ।
त्योबाहेक १६ सय ६१ वडामा भने सवारीसाधन प्रयोग गरिँदैन।
57
Shares
प्रतिक्रिया