नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ठूलो संख्यामा सस्थापक सेयर बिक्रीमा राखेको छ।
मंगलबार सूचना जारी गर्दै कम्पनीले सस्थागत लगानीकर्ताको स्वामित्वमा रहेको ११ लाख ३५ हजार कित्ता सेयर खरिदका लागि आह्वान गरेको हो ।
यसअघि ३५ दिने सूचना जारी गर्दै आवेदन माग गरेपनि खरिदका लागि इच्छुक नदेखिएपछि कम्पनीले दोस्रो पटक सूचना जारी गर्दै ७ दिन भित्र आवेदन दिन भनेको हो।
यसअघि कम्पनीले निफ्राकै संस्थागत लगानीकर्ताबाट आवेदन मागेको थियो। आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि सेयर खरिद खुला गर्दै सेयर लिलामीमा राखेको हो।
इच्छुक लगानीकर्ताले लिलामीमा भाग लिन बैंकको रजिष्टर्ड कार्यलय बानेश्वरमा रहेको कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ।
99
Shares
प्रतिक्रिया