ad ad

कारोबार


नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा

नेपालखबर
जेठ २०, २०८१ आइतबार ११:५०, काठमाडौँ

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन्। 

थापा ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी नियुक्त भएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ। 

उनको कार्यकाल यही जेठ १८ देखि लागू भएको हो। कम्पनीको सञ्चालक समितिको १७ गते बसेको बैठकल खुला प्रतिस्पर्धाबाट बीमा ऐन २०७९ को दफा ५७ अनुसार थापा नियुक्त भएका हुन्। 

यसअघि दामोदर भण्डारीले कार्यवाहक सीईओको रुपमा काम गरिरहेका थिए। 

त्यसैगरी कम्पनीको १७ गतेको नवौँ वार्षिक साधारणसभाबाट सरकारबाहेकका संस्थागत लगानीकर्ता एसियन लाइफ इन्स्योरेन्सका तर्फबाट दिनेशलाल श्रेष्ठ आगामी ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .