सरकारले बियर, मदिरालगायतको कर बढाएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अन्त:शुल्क वृद्धि भएसँगै भोड्काको मूल्य ६० रुपैयाँ बढेको छ।
बियरमा प्रतिलिटर ५ रुपैयाँ बढ्दा अन्त:शुल्क मात्रै २४० रुपैयाँ पुगेको छ।
१७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा १६ रुपैयाँ कर बढेको छ। १६ प्रतिशत बढी अल्कोहल भएको वाइनमा १९ रुपैयाँ कर बढेको छ।
छ्याङमा ४३ रुपैयाँ कर लाग्दै आएकोमा अब प्रतिलिटर ४८ रुपैयाँ पुगेको छ। १५ यूपी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्रान्डको मूल्य प्रतिलिटर १८ सयमा ६० रुपैयाँ बढेको छ।
१५ युपी शक्तिको ४२.५ प्रतिशत अल्कोहल भएको तयारी ह्विस्की, जिन, नजिभा, भोड्काको समेत ६० रुपैयाँ बढेको छ।
त्यस्तै सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली १ रुपैयाँ बढेको छ। त्यसबाहेक सबै किसिमका चुरोट, बिंडीमा कर बढेको छ। सुर्तीमा कम्तीमा २५ रुपैयाँ बढेको छ। भेपमा ४० प्रतिशत कर लाग्ने व्यवस्था सरकारले गरेको छ।
Shares
प्रतिक्रिया