ad ad

कारोबार


आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ११:३५,

सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने सरकारको लक्ष्य करिब-करिब पूरा हुने भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ। कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय हतमा वाणिज्य बैंकका शाखा खुलेका छन्। केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन्।

सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी छ। संघीय राजधानी समेत रहेको वाग्मती प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। सो प्रदेशका दुई वटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउनेमा प्रदेश नं ५ अग्रस्थानमा रहेको छ। सो प्रदेशका कूल १०९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन्। केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा पुगेका छन्। सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा खुलेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .