ad ad

कारोबार


महोत्तरीका पसलले लिन छाडे सिक्का

महोत्तरीका पसलले लिन छाडे सिक्का

नेपालखबर
फागुन १, २०७६ बिहिबार ७:५३,

महोत्तरी जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ। जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, सहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका छन्।

जिल्लाको सयौँ गाउँ तथा दर्जन बढी शहरको सानादेखि ठूला पसलेले अहिले खुद्रा (सिक्का) पैसाको कारोवार नगर्ने गरेको सर्वसाधारणको गुनासो आइरहेको छ। अहिले पसल तथा हाटबजारमा मालसामान तथा विभिन्न सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसाजस्तै एक, दुई र पाँचका सिक्का पैसा लिन छाडेका छन् ।

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा चले, नचलेको थाहा नभएको तर बैंकले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताए। उनले आम जनताले सिक्का पैसा एक÷दुई सय र पाँच सयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताए।

बैंकमा खुद्रा पैसा लिने गरेको जानकारी नभएका अभिभावक आफूसँग भएको हजारौँ खुद्रा पैसा खेर गइरहेको बताउँछन् । सिक्का पैसा हाटबजार तथा पसलमा नचल्दा बालबालिका पनि अभिभावकसँग लिन मान्दैनन् भने जिल्लाको विभिन्न हाटबजार तथा घर–डेरासम्म भिक्षा माग्न आउने भिखारीसमेतले सिक्का पैसा नलिने गरेको जिल्लावासी सुनाउँछन्।

सिक्का पैसा नचल्दा हुने गरेको हैरानीले जिल्लाका आम उपभोक्ताले सिक्का पैसाको व्यवस्थापन वा चलनचल्तीका लागि सरकारले ठोस कदम चालिदिन मागसमेत गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .