ad ad

कारोबार


२ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

२ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

नेपालखबर
माघ ५, २०८० शुक्रबार ८:१५, काठमाडौँ

राजस्व अनुसन्धान विभागले २ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा हुन्डीको २ करोड रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभाग स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

उनीसहित अन्य २ जनालाई पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ। 

बाहिर कपडा व्यापार देखाइए पनि भित्रभित्र सुन, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ। 

राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .