ad ad

कारोबार


पारित भयो ग्रिन हाइड्रोजन नीति, वैकल्पिक फ्युल प्रयोगको बाटो सहज

पारित भयो ग्रिन हाइड्रोजन नीति, वैकल्पिक फ्युल प्रयोगको बाटो सहज

परीक्षणका क्रममा रहेको हाइड्रोजन फ्युलबाट चल्ने कार। तस्बिर : नेपालखबर


नेपालखबर
माघ ३, २०८० बुधबार १९:३, काठमाडौँ

 

सरकारले ग्रिन हाइड्रोजन नीति पारित गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रिन हाइड्रोजन नीति पारित गरेको छ।

 ऊर्जा मन्त्रालयको प्रस्तावमा पेश भएको उक्त नीति मन्त्रिपरिषद्‍बाट परित भएको हो। 

पारित भएको यो नीतिले नेपालमा हाइड्रोजन उत्पादन तथा प्रयोग गर्ने सहजीकरण गर्ने छ। पेट्रोलियम पदार्थको विकल्पका रुपमा हाइड्रोजन फ्युल प्रयोग हुन थालेको छ। 

नेपाल आयल निगमको आर्थिक सहायतामा काठमाडौं विश्व विद्यालयले हाइड्रोजन फ्युलसम्बन्धी सम्भाव्यता अध्ययन गरिरहेको छ।

दक्षिण कोरियाबाट हाइड्रोजन फ्युल गाडी ल्याएर काठमाडौं विश्वविद्यालयले धुलिखेलमा परीक्षणसमेत गरिरहेको छ। 

विश्वविद्यालय अन्तरगर्तको ग्रिन ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजनसम्बन्धी नीति पारित हुँदा नेपालमा यसको प्रयोग सहज बनाउने बताए। थापाले नीतिको मस्यौदा बनाउन थापासहितका विज्ञले भूमिका खेलेका थिए। 

विश्व बजारमा हुन्डाई, टोयटा लगायत कम्पनीले हाइड्रोजन फ्युलबाट चल्ने गाडी उत्पादन गरिसकेका छन्। भारतमा टाटा मोटर्सलेसमेत हाइड्रोलन फ्युलमा लगानी गरेको छ।

नेपालमा हाइड्रोजन फ्युलबाट चल्ने गाडीलाई सञ्चालन गर्न दिने स्पष्ट कानुनी व्यवस्था छैन। नयाँ प्रविधिको विषयमा नीति पारित भएसँगै थप कानुन बन्न सहज हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .