ad ad

कारोबार


बुद्धको पोखरा-विराटनगर उडान सुरु

बुद्धको पोखरा-विराटनगर उडान सुरु

नेपालखबर
माघ २०, २०७६ सोमबार १२:१८,

 बुद्ध एयरले पोखराबाट विराटनगर उडान थालेको छ। पोखराबाट काठमाण्डौ,भैरहवा र भरतपुर उडान गर्दै आएको बुद्धले सोमबारबाट विराटनगर पनि उडान थालेको हो।

सोमबार पोखराबाट १८ जना र विराटनगरबाट पनि १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए।

उनले अहिले हप्तामा तीनदिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । माग बढ्दै गएमा जहाज र दैनिक उठान गर्ने बताए। बिहान ११ः४५ बजे सो उडान हुनेछ।

विराटनगरबाट पोखरा उडान भने १:१० मा हुनेछ। नेपाल भ्रमण वर्षलाई लक्षित गरी उडान थालिएको उनले बताए। पोखरा विराटनगरको हवाइ यात्रा १ घण्टाको रहनेछ। उडान शुल्क नेपाली र भारतीयलाई ६ हजार २ सय रुपैयाँ र अन्य विदेशीलाई १ सय ३० डलर लाग्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .