ad ad

कारोबार


सेयर खरिदबिक्री : एनसेलले प्राधिकरणलाई पठायो जवाफ

सेयर खरिदबिक्री : एनसेलले प्राधिकरणलाई पठायो जवाफ

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १६:१८, काठमाडौँ

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिदबिक्रीबारे जवाफ पठाएको छ।

कम्पनीले ८० प्रतिशत सेयर खरिदबिक्रीको जवाफ पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालखबरलाई जानकारी दिएका हुन्।

प्राधिकरणले गत शुक्रबार एनसेलसँग स्पष्टीकरण मागेको थियो।

प्राधिकरणले दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो सेयरधनीको सेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले जानकारी गराउन निर्देशन दिएको थियो।

प्राधिकरणले साेधेकाे प्रश्नको जवाफ ऐनसेलले आज पठाएकाे छ, प्राधिकरण अध्यक्ष खनालले भने,पठाएको पत्रमा प्राधिकरणले अध्ययन गर्दै छ।

प्राधिकरणले पत्रकाे अध्ययनगरी सार्वजनिक रूपमा जानकारी दिने खनालले बताए। 

थप समाचार : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .