ad ad

कारोबार


रियलमीको फाइभ आई नेपाली बजारमा, यस्ता छन् विशेषता

रियलमीको फाइभ आई नेपाली बजारमा, यस्ता छन् विशेषता

नेपालखबर
माघ ८, २०७६ बुधबार १०:५३,

विश्व बजारमा छोटो अवधिमै फस्टाउन सफल स्मार्ट फोन रियलमीले आफनो ‘रियलमी फाइभ आई’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

रियलमीले काठमाडौंमा एक कार्यक्रम गरी मोबाइल सार्वजनिक गरेको हो। कम्पनीले रियलमी फाइभ सिरिजको विश्वभर ५.५ मिलियनभन्दा बढी बजारमा आईसकेको बताएको छ।

कम्पनीले रियलमी फाईभ आई क्यामेरा, ब्याट्री, डिजाईनसहित सुपथ मुल्यमा बजारमा आएको दाबी गरेको छ। ५ हजार एमएच रहेको ब्याट्रिमा सुरक्षाको लागि फायरप्रुफ–प्रोटेक्टभ रहेको छ। रियलमी फाईभ आईमा ११ एनएम उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ ए.आई.ई रहेको छ जसले गर्दा, २.० गिगाहर्जको क्लक स्पिडमा कार्यहरु सञ्चालन गर्न सक्छ।

रियलमी फाईभ आईको स्लिम बडीमा नयाँ सनराईज डिजाईन प्रयोग गरिएको छ। ब्याक कभरको ग्रेन्सहरु जर्मन फाइभ एकसिस प्रेसिजन रेडियम कार्भिङ मेशिनबाट तयार गरिएको छ। रियलमी फाईभ आई दुई भिन्न रङहरु एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको छ।

रियलमी फाइभ आईमा ११९ अल्ट्रा–वाईड एन्गल लेन्स ८ एम्पी, मेन क्यामेरा १२ एम्पी, पोरट्रेट लेन्स २ एम्पी र अल्ट्रा म्याको लेन्स २ एम्पीको क्वाड क्यामेरा सेटप रहेको छ। अल्ट्रा वाईड एनगल लेन्समा नाईटस्केप २.० समावेश गरिएको छ। जसले गर्दा राती वा अँध्यारो स्थानमा वाईडर भ्युको साथमा उत्कृष्ट तस्विरहरु लिन सकिने कम्पनीले दाबी गरेको छ।

मेन क्यामेराले ई.आई.एस. ईफेक्ट प्रयोग गर्छ जसले गर्दा चलिरहेको अवस्थामा स्थिर भिडियोहरु खिच्न सकिन्छ।

रियलमी फाइभ आईमा प्रयोग भएको सफ्टवेयर कलरओएस ६.१ ले रियल प्राईभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल युआई जस्ता थुप्रै फिचरहरु प्रदान गर्दछ। कलरओएस ६.१ को साथमा, रियलमी फाईभ आइले डार्क मोड एक्टिभेट गर्न सक्छ। जसले गर्दा अध्यारो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुने गर्छ।

रियलमी फाइभ आईका विभिन्न भेरियन्टहरु फरक फरक रहेको छ। ४ जीबी ¥याम र ६४ जीबी मेमोरी भएको मोवाईल २० हजार ९सय ९० मात्रै रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .