ad ad

कारोबार


होटल खोल्न भिरालो जग्गा खन्दा प्रसारणलाइनको टावर ढल्ने अवस्थामा

होटल खोल्न भिरालो जग्गा खन्दा प्रसारणलाइनको टावर ढल्ने अवस्थामा

नेपालखबर
माघ ७, २०७६ मंगलबार ८:३०,

मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइनको २०५ नंम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५को कुरिनटारस्थित मनकामना केबलकार जाने गेटको नजिकै रहेको जग्गा पर्शुराम घिमिरेले खन्दा टावर नै ढल्ने अवस्थामा पुगेको हो।

जग्गाधनी घिमिरेले पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा होटल खोल्न भिरालो जग्गालाई खन्दा पहिरो गई त्यहाँभन्दा माथि रहेको टावरको जगमा असर परी टावर नै ढल्ने जोखिमयुक्त अवस्था देखिएको छ । मस्र्याङदी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको लगभग एक सय मेगावाट विद्युत् मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौं आइरहेको छ।

marsyangdi tower 3

टावर ढलेमा काठमाडौ उपत्यकामा एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी वाध्यकारी लोडसेडिङ गर्नु अवस्था आउने छ भने अर्कोतर्फ जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्नेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङबाट आइतबार काठमाडौं फर्किने क्रममा टावरको निरीक्षण गरी टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न आग्रह गरे।

‘भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जान सुरु भई टावर नै ढल्न सक्ने अवस्था देखिएको छ’ कार्यकारी निर्देशक घिसिङले जग्गाधनी घिमिरेलाई टेलिफोनमा भने, ‘जथाभावी खनिएकाले प्रोटेक्सनवाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिंदैन, टावर ढलेर यसबाट उत्पन्न हुने हानी नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनुपर्नेछ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नुपर्नेछ।’

marsyangdi tower 2

जवाफमा घिमिरेले यस्तो अवस्था आउला भनेर नसोचेको र होटल खोल्न बैकबाट ऋंण लिएकाले आफू डुब्ने अवस्थामा पुगी समस्यामा फसेको बताए।

प्राधिकरणले गत वर्षको पुसमा घिमिरेलाई पत्राचार गर्दे तलतिर रहेको जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असर पर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो । तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो ।

प्राधिकरणले मंगलबार पुनः पत्र पठाउँदै गत वर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .