कर्णाली प्रदेशले आजबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणकार्य शुभारम्भ गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्विच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका हुन्।
यातायात व्यवस्था कार्यालय कर्णालीले पहिलोपटक चालक अनुमतिपत्र वितरण थालेको हो। यसअघि कर्णालीवासीले नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले चालक अनुमतिपत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए।
उनले कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना हुँदा यसमा सबैले ध्यान दिन जरुरी रहेको बताए। कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले कर्णालीवासीले नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताएका छन्।
प्रतिक्रिया