ad ad

कारोबार


टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

नेपालखबर
साउन ९, २०८० मंगलबार १६:५५, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक सिप्रदी कम्पनीले टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ।

हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ। अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो।

अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपहरुमा अनुभवी तथा दक्ष प्राविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिङको फाइदा उठाउन सक्नेछन्। यस मूल्य समायोजन पश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ।  

समायोजित मूल्य यही साउन महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवक– सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टसको डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको छ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टसहरुमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ।

अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .