ad ad

कारोबार


सापेक्ष नीति नहुँदा ऊर्जा क्षेत्रको विकास हुन सकेन : रवि लामिछाने

सापेक्ष नीति नहुँदा ऊर्जा क्षेत्रको विकास हुन सकेन : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १२:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ऊर्जा क्षेत्रमा समय सापेक्ष नीति नहुँदा खोलासँगै स्रोत पनि बगेर गएको बताएका छन्।

रास्वपाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)सँग गरेको 'नेपालको ऊर्जा क्षेत्रको अवस्था र चुनौती' विषयक अन्तरक्रियामा बोल्दै सभापति लामिछानेले, नीति निर्माण तहकाले समृद्धिको यात्रामा साथ दिने विभिन्न संघ संस्था र व्यक्तिसँग निरन्तर छलफल गर्ने उद्देश्य अनुसार ऊर्जा क्षेत्रसँग अन्तरक्रिया गरिएको बताए।

सिद्धान्तको लडाइँलाई थाती राखेर आवश्यक्ताको लडाइँ लड्ने भन्दै आफूले चल्तीको राजनीति भन्दा फरक गर्न चाहेको पनि उनले बताए।

'ऊर्जा क्षेत्रमा हामी समय सापेक्षहुन नसकेकाले हाम्रो  स्रोतलाई खोलामा बगाइरहेका छौँ। अब स्रोत खेर फाल्ने छुट हामीलाई छैन,' लामिछानेले भने, 'अब पनि स्रोतको सदुपयोग गरिएन भने वैकल्पिक ऊर्जाले जलविद्युतलाई फेज आउट गर्ने छ।'

ऊर्जा उद्यमीहरू राजनीतिक दलसामु पुग्नुपर्ने बाध्यताको सिकार भइरहेको भन्दै उनले कुनै पनि उद्यमी व्यवसायीहरू दलका नेतासामु पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अफूहरुले सबै कुरा नीति नियममा स्पष्ट पार्न चाहेको बताए।

एकद्वार नीति नभएका कारण अहिले ऊर्जा उद्यमीहरु धेरै सरकारी निकायमा धाउनु परिरहेको भन्दै आफू एकद्वार नीतिको पक्षमा रहेको पनि उनले बताए।

'हामी वान डोर पोलीसीको पक्षमा छौं। हाम्रो विद्युत उत्पादनको जुन क्षमता छ त्यसलाई उपयोग गर्न सहज हुने नीति बनाउन पहल गर्नेछौँ,' उनले अगाडि भने, 'तपाईंहरुको जीवनका कालमा रास्पाका मान्छे चन्दा माग्न आए, घेराबन्दी गर्न आए भन्ने कुरा सुन्न पाउनुहुन्न।'

ऊर्जा उद्यमीहरु आफैँ समस्यामा रहेको भन्दै उनले ऊर्जा उद्यमीहरुका जायज मागहरू तपाईंले जसरी प्रस्तुत गर्नुहुन्छ, त्यसै गरी त्यहि लेभलमा रास्वपाले संसदमा उठाउने प्रतिवद्धता जनाए। 

जग्गा प्राप्ति, सरकारी र निजी जग्गाको मआब्जा, वन र पर्यावरणका मुद्दा, स्थानीयको अवरोध लगायतका समस्याबारे जानकार रहेको पनि उनले बताए। 'यी कुरा तपाईंले भन्ने शैलीमै हामि सम्बन्धित ठाउँमा उठाउने वाचा गर्छौँ,' उनले भने। 

रास्वपा र इप्पानका केही पदाधिकारी रहने एउटा समिति बनाएर ऊर्जा क्षेत्रका चुनौतीविरुद्ध लड्ने पनि लामिछानेले बताए।

'नेपालको ऊर्जा क्षेत्रको अवस्था र चुनौतीहरू' विषयक प्रस्तुति करण गर्दै इप्पानका उपमहासचिव प्रकाश दुलालले नेपालको उर्जा उत्पादन क्षमाता २ लाख मेवा भन्दा बढिरहेको बताए। 

उनको प्रस्तुतिमा जल तथा ऊ आयोगले हालैमात्र गरेको एक अध्ययन अनुसार रन अफ दि रिभर आयोजना ७२५४४ मेवा, जलाशययुक्त ४८ हजार १ सय ५० मेवा जलविद्युतको उत्पादन सम्भावना र विश्व बैंकले गरेको एक अध्ययनअनुसार सोलारको उत्पादन क्षमता २९ हजार ४ सय ११ मेगावाट देखिएको छ। 

१० वर्षमा २५ हजार मेगावाट विद्युत उत्पादनको लागि संसदबाट उर्जा विकास दशक घोषणा गरेर ऊर्जा विकासा अवरोधक कानुन निलम्बन गर्न रास्वापाले संसद्‍मा आवाज उठाउन उनले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .