ad ad

कारोबार


शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब बचतमा

शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब बचतमा

नेपालखबर
असार २५, २०८० सोमबार १२:४९, काठमाडौँ

नेपालबाट बाहिरिने र नेपाल भित्रिने पैसा अर्थात् शोधानान्तर स्थिति ठूलो बचतमा पुगेको छ।

चालू आर्थिक वर्षको ११ महिना अवधिमा  २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति ११ महिना अवधीमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।

चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब९२ अर्ब १४ करोडले घाटामा रहेको थियो। चालू खाता समेत सुधार आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .