ad ad

कारोबार


अमेरिका–चीन सम्झौताले रोक्दैन व्यापारयुद्ध

अमेरिका–चीन सम्झौताले रोक्दैन व्यापारयुद्ध

नेपालखबर
माघ २, २०७६ बिहिबार ८:११,

अमेरिकाले चीनसँग आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरे पनि विश्व व्यापारयुद्धलाई यसले नटार्ने देखिएको छ। विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनाव सन् २०२० मा पनि जारी रहनेछ।

बेइजिङ र वासिङटन अब दोस्रो चरणको व्यापारवार्तामा प्रवेश गर्दैगर्दा पहिलो चरणभन्दा निकै जटिल र कठिन हुने देखिएको हो। युरोपेली संघ आफैँ अमेरिकासँगको व्यापार तनावमा कैद भएको छ। यही वर्ष बेलायतले युरोपेली संघ छाड्दै छ। बेलायतले युरोपेली संघ छाडेपछि ठूला निर्यात बजार ताक्नेछ।

त्यस्तै, चीनसँग मात्रै हैन, ट्रम्प प्रशासनले विश्वका अन्य देशहरुसँग पनि व्यापारिक तनाव सृजना गरेको छ। युरोपेली देश फ्रान्सका २ अर्ब ४० करोड डलरका उत्पादनहरु चिज, ह्यान्डब्याग र वाइनहरुमा पनि कर लगाउने अमेरिकाको तयारी छ। फ्रान्सले डिजिटल सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनीविरुद्ध नयाँ कर लगाउने घोषणा गरेपछि अमेरिकासँग विवाद बढिरहेको छ।

विशेषगरी फेसबुक, गुगलजस्ता कम्पनीहरु फ्रान्सको पछिल्लो कदमले प्रभावित हुने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कटु आलोचना गर्दै आएका छन्। ट्रम्पले नयाँ कर फ्रान्सलाई लगाइदिँदा युरोपेली संघ समेत आकर्षित हुनेछ।

याे पनि
चीन–अमेरिकाबीच ९६ पृष्ठको व्यापार सम्झौतामा हस्ताक्षर, चीन भ्रमण गर्न ट्रम्प तयार

त्यसअघि नै युरोपेली संघ र अमेरिकाबीच तनाव सृजना भइसकेको छ। अक्टोबरमा ट्रम्प प्रशासनले युरोपेली वाइनमा २५ प्रतिशत कर थपेको थियो। संघले एयरबसलाई दिएको सब्सिडीको विरोधमा अमेरिकाले उक्त कर थपेको थियो।

त्यस्तै, अमेरिकाले यसअघि नै युरोपेली स्टिल र आल्मुनियममा कर लगाइकेको छ भने जर्मन कारहरुमा पनि कर बढाउने चेतावनी दिएको छ। अतः सन् २०२० मा युरोपसँग यी विवाद समाधान गर्नु ट्रम्पको मुख्य प्राथमिकता हुने सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजका विज्ञ विलियम रेन्स्क बताउँछन्। अमेरिका र युरोपबीच ११ खर्ब डलरको वार्षिक व्यापार हुन्छ।

यसबाहेक जनवरी ३१ मा बेलायतले युरोपेली संघ छोड्दा संघसँग व्यापार सम्झौता गर्नेछ। यस्तो सम्झौता यही वर्ष भइसक्नुपर्नेछ। नभए व्यापार अवरोधहरु हटाउनुपर्नेछ। धेरैजसो सम्झौताको लागि १ वर्षको समय लाग्ने गर्छ।

त्यसकारण चीन र अमेरिकाबीच भएको पहिलो चरणको व्यापार सम्झौताले विश्व व्यापार युद्धलाई रोक्न नसक्ने देखिएको हो। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .