ad ad

कारोबार


सुनमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री डा. महत

सुनमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री डा. महत

नेपालखबर
असार १६, २०८० शनिबार १९:४४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंपछि पोखराको पर्यटन महत्वपूर्ण रहेको बताएका छन्। 

पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भने, ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ। यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं।’ 

कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा पोखराको साना र मझौला उद्योग वृद्धि हुने मन्त्री डा. महतको भनाइ थियो।

‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ। उद्योग वाणिज्य क्षेत्रका साथीहरुले सकरात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ,’ उनले भने।

व्यवसायीहरुले सोधेको जिज्ञासाको उत्तर दिँदै मन्त्री डा. महतले भने, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स। जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो। थोरै भए पनि आम मानिसले सुन लगाउँछन, त्यसैले सुनमा ट्याक्स लगाएको छैन।’ 

ट्राभल्र्समा भ्याट नलगाएको भन्दै उनले नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा भने लाग्ने बताए। 

‘व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’, डा. महतले भने, ‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो। साप्टाको सम्झौताअनुसार ७ प्रतिशतभन्दा बढी कर लगाउन पाइँदैन। सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ। महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .