ad ad

कारोबार


नेप्से २२ सय विन्दु नजिक, चार महिनापछि लघुवित्त कम्पनीको सेयरमा उछाल

नेप्से २२ सय विन्दु नजिक, चार महिनापछि लघुवित्त कम्पनीको सेयरमा उछाल

नेपालखबर
असार १२, २०८० मंगलबार १६:२३, काठमाडौँ

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अंकले बढ्यो। बजार ५६.९४ अंकले बढेर २२ सय विन्दु नजिक पुगेको हो। आज बजार २१८६.३६ विन्दुमा आइपुगेको छ। बढेको बजारमा ५ अर्ब ४७ करोडको कारोबार भएको छ।

आज नेप्सेसँगै कारोबार रकम समेत बढेको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ५ अर्ब २६ करोडको कारोबार भएको थियो।

आज कारोबारमा आएका २७५ कम्पनीमध्ये १८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ। त्यसैगरी ४ कम्पनीको सेयरमूल्य स्थिर नै छ।

आज कारोबारमा आएका अघिकांश लघुवित्त कम्पनीको सेयरमूल्यमा सकारत्मक सर्किट लागेको छ।

गत फागुन १० गते नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरण लगायतका व्यवस्थामा कडाई गरी जारी गरेको निर्देशनले लघुवित्तहरुको सेयरमूल्यमा उच्च गिरावट आएको थियो।

त्यसयता निरन्तर लघुवित्त संस्थाहरुको सेयरमूल्य घटिरहेको थियो। आज पुनः लघुवित्त संस्थाहरुको सेयरमूल्यमा उछाल आएको छ। आज करिब दुई दर्जन लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागको छ। त्यसैगरी अन्य लघुवित्तको सेयरमूल्य समेत उच्च दरले बढेको छ।

लघुवित्त कम्पनीहरुको सेयर डिमान्ड उच्च रहेको र आपूर्ति समेत न्यून हुँदा आगामी कारोबार दिन समेत लघुवित्तका लगानीकर्ताको लागि राम्रो रहने आकलन गर्न सकिन्छ।

आज स्वाभिमान लघुवित्तको सर्वाधिक २५ करोडको कारोबार भएको छ। त्यसैगरी सोल्टी होटल २२ करोड, शिवम सिमेन्टको २२ करोड र हिमालयन डिस्टीलरीको १२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ।

आज हिमालयन लाइफइन्स्योरेन्सको सर्वाधिक डिमान्ड रहेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सीटी होटल, हाइड्रो इलेक्टीसीटी, नेसनल हाइड्रोपावरको सेयरमा उच्च डिमान्ड देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .