ad ad

कारोबार


नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बन

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बन

फाइल फाेटाे


नेपालखबर
असार ८, २०८० शुक्रबार २०:४८, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .