ad ad

कारोबार


चीन उडानकाे एयर टिकेटमा भ्याट छुट दिन माग

चीन उडानकाे एयर टिकेटमा भ्याट छुट दिन माग

दीपक भट्ट
पुस २८, २०७६ सोमबार १३:३७,

नेपाली एयरलाइन्स कम्पनीहरुले चीन उडान गर्न थाले पछि हवाई टिकेटमा भ्याट छुट मागेका छन्। नेपाली एयरलाइन्स कम्पनीहरुले चीनमा टिकट जारी गर्दा लाग्ने भ्याट ‘अनफेयर’ भएको भन्दै छुट माग गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव स्तरीय निर्णयबाट भ्याट छुट माग भएको छ। मन्त्रालयले यही पुस १८ गते गरेको निर्णय अनुसार चीनमा हुने उडानकाे टिकेटमा भ्याट छुटका लागि अर्थ मन्त्रालयसँग प्रक्रिया अघि बढाएको जनाएकाे छ।

भ्याट छुट दिनु पर्ने मन्त्रालयकाे तर्क यस्तो छ, ‘नेपालमा उडानरत सबै अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुको टिकटमा भ्याट नलाग्ने सन्दर्भमा पारस्पारिकताको आधारमा नेपाली वायूसेवाहरुले पनि चीनमा उडान गर्दा हवाई टिकटमा भ्याट लिन नपाउने व्यवस्था हुनु पर्ने देखिन्छ।’

भ्याट छुटको माग कसरी उठान भयो?

हाल चीनमा उडान गरिरहेको नेपाली एयरलाईन्स भनेको हिमालय एयरलाइन्स मात्रै हो। हिमालयन एयरलाइन्सले बेइजिङ, चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ शहरमा उडान गरिरहेको छ। यो विमान कम्पनीले भ्याट छुट गराइदिन भन्दै मन्त्रालयमा निवेदन दिएको थियो। हिमालय एयरलाइन्सले पर्यटन मन्त्रालयमा मंसिर १७ गते उक्त निवेदन दिएको थियो। उसले नेपालमा विदेशी एयर कम्पनीसँग भ्याट नलिने व्यवस्था समेत रहेको मन्त्रालयलाई जानकारी गराएको थियो।

सोही निवेदन अनुसार मन्त्रालयले भ्याट छुट माग गर्ने निर्णय गरेको हो। पर्यटन मन्त्रालयले नेपाली वायू सेवा संस्थाहरुबाट चीनमा जारी हुने हवाई टिकटमा भ्याट लाग्ने व्यवस्थाले गर्दा नेपाली वायूसेवा संस्थाहरुलाई ‘अनफेयर ट्याक्स डिसएड्भान्टेज’ रहेको व्यहोराका साथ भ्याट छुटका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढेको जनाएको छ।

नेपाल एयरलाइन्सले पनि आगामी मार्चदेखि गोन्जाओ उडान गर्दैछ। भ्याट छुट भएको खण्डमा त्यसको फाइदा यसले पनि लिन सक्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .