ad ad

कारोबार


कोका–कोलाको ‘चिल एन्ड विन’ क्याम्पेन सार्वजनिक

कोका–कोलाको ‘चिल एन्ड विन’ क्याम्पेन सार्वजनिक

नेपालखबर
जेठ २१, २०८० आइतबार १९:३१, काठमाडौँ

कोका–कोलाले आफ्ना उपभोक्ताहरूका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ। कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ।  

कम्पनीका अनुसार यो कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन हो। र यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ।

युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्नेछ। क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एसएमएस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ।

सहभागीहरूले रु ५०० सम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन्। यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुनेछ।

उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दाबी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्टनरको रुपमा खल्तीसँग सहकार्य गरेको छ। जसले गर्दा विजेताहरुले तुरुन्तै आफुले जितेको रकम प्रयोग गर्न पाउनेछन्।

बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको ‘चिल एन्ड विन’ क्याम्पेन जेष्ठ ६ देखि असार ३० सम्म लागू हुनेछ र जति चाँडो सहभागि भयो त्यति नै जित्ने मौका पनि बढ्ने कम्पनीको भनाई छ। नियम र सर्तहरूको बारेमा विस्तृतमा बुझ्नको लागि आधिकारिक वेबसाइट भिजिट गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .