ad ad

कारोबार


अब सबै बीमा कम्पनीले वैदेशिक रोजगारीमा जानेको बीमा गर्न पाउने

अब सबै बीमा कम्पनीले वैदेशिक रोजगारीमा जानेको बीमा गर्न पाउने

दीपक भट्ट
पुस २७, २०७६ आइतबार १४:५०,

हाल वैदेशिक रोजगारीमा जानेको लागि गरिने म्यादी बीमाको काम ४ वटा बीमा कम्पनीले मात्रै पाएका छन्। अब भने सबै बीमा कम्पनीलाई उक्त प्रकारको बीमा गर्ने जिम्मा दिन सरकारले तयारी गरेको छ।

हाल सुर्या लाइभ इन्सुरेन्स कम्पनी लिमिटेड, रिलाइबल लाईफ इन्सुरेन्स, युनियन लाइफ इन्सोरेन्स कम्पनी र नेशनल लाईफ इन्सरेन्स कम्पनीबाट म्यादी बीमा गराउने ब्यवस्था छ। वैैदेशिक रोजगार विभागमा १४ वटा बीमा कम्पनी सूचीकृत भए पनि ४ कम्पनीले मात्रै मान्यता पाएका छन्। तर अब सरकारले सबै जीवन बीमा कम्पनीलाई उक्त काम दिइने गरि प्रक्रिया अघि बढाएको वैैदेशिक रोजगार विभागले जनाएको छ।

त्यसको लागि बीमा समिति तथा अर्थमन्त्रालयसँग हाल विभागले समन्वय गरिरहेको छ। त्यसै गरी म्यादी बीमा बढिमा २ वर्ष र कम्तिमा ३ महिना हुने गरेकोमा त्यसको समय सीमा समेत विभागले परिर्वतन गर्न लागेको हो।

२ वर्षसम्मको बीमा हुँदा श्रम स्वीकृति भने ३ वर्षसम्मको पाउने गरेको हुँदा तालमेल नमिलेको ३ वर्ष ३ महिना गराउने तयारी गरेको हो। श्रम सम्झौता भन्दा ६ महिना बढी हुने गरी बीमा गराउने तयारी भएको हो। तर पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको हकमा भने श्रम स्वीकृतिको अवधीको आधारमा मात्रै म्यादी बीमा गराउने वैदेशिक रोजागर विभागको भनाई छ।

त्यस्तै वैदेशिक रोजगारीम जाने नयाँ श्रम स्वीकृति लिने र नविकरण गर्ने कामदारले गर्नु पर्ने आवधीक बीमा सबै बीमा कम्पनीबाट गर्न सकिने र बीमा प्रिमियम बापतको करमा भुक्तानी अनलाइन प्रणालीबाट गर्न सकिने ब्यवस्था तत्काल मिलाउनको लागि बीमा कम्पनीलाई तत्काल पत्रचार गर्न विभागले बीमा समितिलाई आग्रह समेत गरेको छ।

बीमा प्रिमियम अंक पुनरावलोकन गर्ने सम्बन्धमा बीमा समितिले बढीमा १ वर्षको बीमा दावी रकमको तथ्याङ्क विश्लेषण गरी बीमा प्रिमियम घटाउन सकिने सम्भवाना बारेमा समेत निर्णय लिन बीमा समितिलाई विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .