ad ad

कारोबार


आज बजेट सार्वजनिक गर्दै सरकार, सबै भन्सार नाका बन्द

आज बजेट सार्वजनिक गर्दै सरकार, सबै भन्सार नाका बन्द

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार ६:६, काठमाडौँ

आज सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। संवैधानिक व्यवस्थाअनुसार सरकारले आज जेठ १५ गते बजेट सार्वजनिक गर्ने भएको हो। 

आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त  बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै छन्। 

उनले बजेट भाषण गर्ने छन्। बजेटसँग चारवटा विधेयक हुन्छन्। जसमा विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन्। 

यी विधयेकको सारांश र महत्त्वपूर्ण विषय समावेश गरी बजेट भाषण गरिन्छ। 

आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ।

आगामाी आर्थिक वर्षका लागि बजेट निर्माण भएको हो। तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ। 

करका दर हेरफेर हुने समय भएकाले आइतबार राति १२ बजेदेखि सबै भन्सार नाका बन्द गरिएका छन्। २४ घण्टाका लागि नाका बन्द गरिएको हो। जसअनुसार आज राति १२ बजेसम्म नाका बन्द रहन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .