नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गरेका छन्।
शुक्रबार अर्थमन्त्रालयमा उद्योग वाणिज्य महासंघको तर्फबाट आगामी बजेटमा सुझाव दिँदै अध्यक्ष ढकालले सो माग गरेका हुन्।
उनले चुरे क्षेत्र उत्खननका विषयमा बनाएको प्रतिवेदन चुरे क्षेत्रमा उत्खनन गरी वर्षको ५ खर्बको निर्यात गर्ने रिपोर्ट आएकाले सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे।
उनले चुरे क्षेत्रबाट बगेर गएको गिट्टी बालुवालाई व्यवस्थापन गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने बताए।
उनले नेपालमा रहेका,सामाजिक सुरक्षा कोष,नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तिमा २० प्रतिशत उत्पादन र सेवा मुलुक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्ने बताए।
उनले कोषहरुमा जम्मा भएको अर्बौं रुपैयामा बैंकहरूले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न माग गरे।
उनले विदेशी अनुदान पनि निजी क्षेत्रमार्फत ल्याउने व्यवस्था गर्न माग गरे। कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि खेतदेखि खाडीसम्म पुर्याउने नीति बनाउनुपर्ने उनले बताए।
उनले सरकारले कमर्सियल सवारी साधनहरुको शतप्रतिशत बीमा र पेमेन्ट नभएसम्म बाहिर चल्न नदिने व्यवस्था गर्न माग गरे। उनले सरकारले त्यस्तो व्यवस्था गरिदिए बैंकमा पसेको कर्जा नियन्त्रण हुने बताए।
Shares
प्रतिक्रिया