ad ad

कारोबार


बैंकिङ डिस्कोर्श जेठ २ गते, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बैंकिङ डिस्कोर्श जेठ २ गते, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:२३, काठमाडौँ

बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ डिस्कोर्श’ हुने भएको छ। बैंकिङ समाचारले आयोजना गर्ने सो कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम छ।

नबिल बैंकद्वारा प्रायोजित यस कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौंस्थित सोल्टी होटलमा हुने भएको हो।

के हो ‘द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रम?
‘द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौतीलगायतका विषयमा छलफल हुनेछ।

यस्तै, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनी समावेशी विकासका लागि अह्म वित्तिय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमासमेत छलफल हुने आयोजकले जनाएको छ।  

यसैगरी, आजको बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिती, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाव, वित्तीय साक्षरताका विषयहरु, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिती र चुनौती लगायतका विषयहरुमा हुने बृहत परिसंवादले हालको अभुुतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ।

कार्यक्रममा आजको बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ, सटिक विश्लेषण र व्याख्या सहित रेमिट्यान्स, बित्तीय साक्षरता लगायत बिभिन्न बिषय माथिको गहन बिमर्स हुने बताइएको छ।

सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको छ।

विश्व कोभिड माहामारीबाट तङ्ग्रिदै गर्दा सुरु भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मुल्य वृद्धिलाई निम्त्याएको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित छ।

यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो।

कार्यक्रमा प्रधानमन्त्री, गभर्नर, अर्थमन्त्री, अर्थविद्ध लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थित हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .