ad ad

कारोबार


महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग

नेपालखबर
पुस २४, २०७६ बिहिबार १५:४३,

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई रु. एक लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

बिहीबार बैैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन्। बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .