ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकद्वारा उत्कृष्ट कर्मचारी र शाखा पुरस्कृत

राष्ट्रिय वाणिज्य बैंकद्वारा उत्कृष्ट कर्मचारी र शाखा पुरस्कृत

नेपालखबर
बैशाख २५, २०८० सोमबार १४:८, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।

५८ औं वाषिकोत्सवको अवसरमा गत २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा तथा कर्मचारीलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरे।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट बैंक पुरस्कार आ.व. २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरे वापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय विराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सूर्यविनायकलाई प्रति शाखा नगद  रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो।

त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु ३० हजारसम्म र प्रमाणपत्र प्रदान गरियो। साथै, कार्यक्रममा कर्मचारीहरुलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो।

सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .