ad ad

कारोबार


ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा

ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा

नेपालखबर
पुस २२, २०७६ मंगलबार ९:४,

ज्योति विकास बैंकले सोमबार काठमाण्डौको गोंगबुमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा गोंगबुमा सञ्चालनमा ल्याइएको बैंकले जनाएकाे छ।

काठमाण्डौ महानगरपालिका वडा नं २६, गोंगबुस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले गरेकी थिइन्। कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारी, ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिइन्। साथै उपमेयर खड्गीले ज्योति विकास बैंकले आगामी दिनहरुमा देशभर शाखा सञ्जाल फैलाउँदै ७७ वटा जिल्लाका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमा झैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझै सरल र सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरे। साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि खडा गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समाज हितको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले बैंकिङ्ग सेवा मार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने कार्यमा ज्योति विकास बैंक लागिरहने जानकारी दिए।

उद्घाटन समारोहमा बैंकका संचालकहरु, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .