ad ad

कारोबार


नेपालमा यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटरको बिक्री सुरु

नेपालमा यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटरको बिक्री सुरु

नेपालखबर
बैशाख ३, २०८० आइतबार १९:३५, काठमाडौँ

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ। 

विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीको दाबी छ। 

यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउँछ। यसको १५५ सीसीको ‘आर’ डीएनए इन्जिनले १५ पीएस पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ। अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ। 

एरोक्स १५५ को ५.८ इन्च एलसीडी  इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, आरपीएम र भीभीए सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ। 

स्कूटरमा यामाहा वाई कनेक्ट जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ। यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ। 

स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ। यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ। जस्तै भेरियबल भ्याल्यु एक्चुएसन (भीभीए), इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप-स्टार्ट गर्ने विधी, र परिष्कृत सुरक्षाको लागि एबीएस सँग फ्रन्ट डिस्क ब्रेक।

एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ। यामाहा एरोक्स १५५ तीन फरक रंगहरूमा उपलब्ध छस् रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याकको मूल्य रु चार लाख चौहत्तर हजार नौ सय  रहेको छ। यसलाई ग्राहकहरुले यामाहाको आधिकारिक शोरूमहरूबाट किन्न र बुक गर्न सक्नेछन्। इच्छुक ग्राहकहरूले स्कूटरको थप विस्तृत विवरणका लागि यामाहाको आधिकारिक वेबसाइट पनि हेर्न सक्छन्। 

बिक्री प्रारम्भको अवसरमा  एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, ‘एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो। यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड  स्थापित गरेको छ। यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .