ad ad

कारोबार


अध्यक्ष गोल्छाले भने– निजी क्षेत्रले काम गर्न सकेन भने सरकारी खर्च चल्दैन

अध्यक्ष गोल्छाले भने– निजी क्षेत्रले काम गर्न सकेन भने सरकारी खर्च चल्दैन

नेपालखबर
चैत २८, २०७९ मंगलबार ११:५९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु भएको छ। 

५७औँ वार्षिक सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गरेका छन्। 

उनले प्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, गभर्नरलगायतलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई साथमा लिएर अर्थनीति तय गर्न पनि आग्रह गरेका छन्। 

देशको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको भन्दै ८५ प्रतिशत श्रमशक्तिलाई रोजगारी दिएको जानकारी दिए। 

उनले भने, ‘निजी क्षेत्रले काम गर्न सकेन भने सरकारी खर्च पनि चल्दैन।’ 

निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन र उद्यमी व्यवसायीलाई सम्मान गर्न उनले आग्रह गरे।

‘निजी क्षेत्रले काम गर्न सकेन भने सरकार पनि अप्ठ्यारोमा पर्ने रहेछ भन्ने अब त सबैले बुझेको हुनुपर्छ’, उनले भने, ‘आम्दानीभन्दा डेढ खर्ब बढी खर्च भएको छ। कर्मचारीलाई तलब दिन पनि नसकिने हो कि भन्ने चिन्ता जाहेर हुनथालेको छ।’ 

२०३० सम्म अर्थतन्त्रको आकार एक सय अर्ब डलर पुर्याउन सकिने खाका कोरेको भन्दै उनले आफ्नो कार्यकालको सुरुमै यो दस्तावेज बनेको बताए। 

उनका अनुसार महासंघले १० वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र पुर्याउने कार्ययोजना बनजाएको छ। 

त्यस्तै जीडीपी र व्यापार घाटाबीचको अनुपात आधा घटाउने र औपचारिक निजी क्षेत्रमा थप २२ लाख जनशक्तिलाई रोजगारी दिनसक्ने आधार उक्त दस्तावेजनमा रहेको उनले बताए। यसका लागि १० प्राथमिकताप्राप्त क्षेत्र र एक सय कार्ययोजना पहिचान गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .