ad ad

कारोबार


सूर्यज्योति लाइफको एमडीआरटी मिट, घिमिरेले पाए रोयल इन्फिल्ड बाइक

सूर्यज्योति लाइफको एमडीआरटी मिट, घिमिरेले पाए रोयल इन्फिल्ड बाइक

नेपालखबर
चैत १९, २०७९ आइतबार १६:५३, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनीत सबै एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरव कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए। 

सोही कार्यक्रममा उपस्थित सबै व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए। उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ। 

यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरव कुमार शाहीले जानकारी गराए। सोही कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए। 

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए। प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए। 

सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात् बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .