ad ad

कारोबार


नारायणीमा मिनी पानीजहाज चलाउन मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने

नारायणीमा मिनी पानीजहाज चलाउन मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने

दीपक भट्ट
पुस १८, २०७६ शुक्रबार १२:४१,

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनको लागि मन्त्रिपरिषद्बाटै निर्णय गरिनुपर्ने भएको छ। पानीजहाजसम्बन्धी उद्योग दर्ता नै रोकिएपछि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने भएको हो।

हाल राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले नारायणीमा पानीजहाज चलाउने भन्दै ‘नेपाली क्रुज’ निर्माण गरेर परीक्षण समेत गरिसकेको छ।

औद्योगिक व्यवसाय ऐनले पानीजहाजसम्बन्धी उद्योगलाई सूचीकरण गरेको छैन। सोही कारण राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिको उद्योग गर्दा प्रक्रिया उद्योग विभागमा रोकिएको छ। दर्ता प्रक्रिया नै रोकिएपछि लगानी तथा औद्योगिक प्रवर्द्धन बोर्डले पानीजहाज उद्योगलाई सेवामूलक उद्योगमा सूचीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको हो।

यही पुस १४ गते बसेको बोर्ड बैठकले पानीजहाजसम्बन्धी उद्योग समेत सूचीकरण गर्ने गरी त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। बोर्डले गरेको यो प्रस्ताव अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुग्नेछ।

भिडियाेः 

मन्त्रिपरिषदले पास गरेर राजपत्रमा प्रकाशित भएको खण्डमा मात्रै उद्योग दर्ता हुने उद्योग विभागले जानकारी दिएको छ। ऐनमा नै सूचीकरण नभएको किसिमको उद्योग नितान्त नयाँ उद्योगका रुपमा दर्ताको लागि विभागमा प्रस्ताव आएकोले त्यस्ता उद्योगलाई दर्ता गराउन मन्त्रिपरिषद्को बाटो रोज्नुपरेको विभागका उद्योग दर्ता शाखा प्रमुख प्रेम लुइँटेलले जानकारी दिए।

औद्योगिक व्यवसाय ऐनमा मुलुकको समग्र औद्योगीकरणसम्बन्धी नीतिगत, संस्थागत र प्रक्रियागत रुपमा कठिनाइ आइपरेमा बोर्डमार्फत सरकारलाई सिफारिस गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बोर्डले मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भने पर्यटकलाई केन्द्रित गरेर सञ्चालन गर्न लागिएको मिनी पानी जहाज पूर्ण रुपले तयारी अवस्थामा राखिसकेको छ।

१०० फिट लम्बाइ र २५ फिट चौडाइको पानीजहाजमा दुईवटा इञ्जिन जडान भएको मिनी पानी जहाजको लागि कम्पनीले १५ करोड रुपैयाँ हाराहारीमा लगानी गरिसकेको छ। जहाजभित्र चेन्जिङ रुम, पानी ट्यांकीलगायत राख्ने काम भइरहेको राइनो इन्टरटेन्मेन्टले जनाएको छ।

crusise 1

जहाजको पहिलो तलामा ९० र दोस्रो तलामा सयजना यात्रु सिट क्षमता रहेको छ। पहिलो तलामा मनोरञ्जन लिने, सुटिङ गर्ने खुला ठाउँ छ। पर्यटकहरुले यो जहाजमा बसेर प्रतिघण्टा ३७ किलोमिटरको वेगमा काभ्रेघाट–देवघाट र देवघाट–गोलाघाट जलयात्रा गर्नसक्नेछन्।

बिहान यात्रा गर्नेले ब्रेकफास्ट लिन पाउने व्यवस्था गरिने राइनो इन्टरटेन्मेन्टले जनाएको छ। नारायणीमा उक्त पानीजहाजमा यात्रुले ३ घण्टाको यात्रा गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .